प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैंडाको एक वर्षभरि पालनपोषणको सम्पूर्ण जिम्मा लिएका छन् ।
नेपाल प्रकृति संरक्षण कोषले विश्वजन्तु दिवस तथा सदर चिडिया खानाको रजत महोत्सवको अवसरमा ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एउटा गैडाको वर्षभरिको पालनपोषणको सम्पूर्ण खर्चको जिम्मा लिएको घोषणा गरेका हुन् ।
सो अबसरमा प्रधानमन्त्री ओलीले ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानाको भ्रमणमा पनि गरेका छन् । बुधबार दिउँसो उनले चिडियाखानामा पुगेर जनावर राखिएका सबैजसो क्षेत्रको अवलोकन गरेका थिए।
त्यस्तै चिडियाखानामा अवलोकनकर्ताको मनोरञ्जनका लागि राखिएको ट्रलीमा समेत प्रधानमन्त्री चढेका थिए ।
