सुचना, समाचार र मनोरन्जन

लायन्स क्लब अफ पोखरा विरौटा सेन्चुरीद्धारा नि:शुल्क दन्त शिविर कार्यक्रम सम्पन्न

पोखरा

पोखरामा लायन्स क्लब पोखरा विरौटा सेन्चुरीद्धारा पोखरा दर्शनस्थल आधारभुत विद्यालयमा निशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई एभरेष्ट डेन्टल केयर सेन्टरले सहयोग गरेको थियो ।

शिविरमा डा.ओसिन थापा , डेन्टल हाइजिनिष्ट खगराज पौडेल, सलिना कुवर, अनिष गुरुङले शिविरमा निशुल्क उपचार गरेका थिए । लायन्स क्लब पोखरा विरौटा सेन्चुरी को उपाध्यक्ष लायन सुमन सापकोटाको अध्यक्षता कार्यक्रम सम्पन भएको थियो ।  लायन्स क्लबको उपाध्यक्ष लायन सुमन सापकोटा कार्यक्रमको संयोजक रहेका थिए ।

विद्यालयका ८२ जना विद्यार्थीको निशुल्क दन्त परिक्षण एव उपचार भएको कार्यक्रमको संयोजक सापकोटाले बताएका छन् । विद्यालयकी प्रधानाध्यापक गीता ढकालले लायन्स क्लबलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि कार्यक्रम गरिदिनु हुनेछ भन्ने आशा व्यक्त गरेकी थिइन् ।

कमेन्ट्स
Loading...