सुचना, समाचार र मनोरन्जन
safal cup

नेपालको अर्थतन्त्रको वृद्धिदर ऋणात्मक

पोखरा /

नेपालको अर्थतन्त्रको वृद्धिदर ऋणात्मक देखिएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा अर्थतन्त्रको वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक देखिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

केन्द्रीय तथ्यांक विभागले आधार वर्ष परिवर्तन गर्दै सार्वजनिक गरेको तथ्यांकमा अर्थतन्त्रको वृद्धिदर ऋणात्मक देखिएको हो ।

Parichay

बिहीबार पत्रकार सम्मेलनमार्फत विभागले कुल गार्हस्थ उत्पादनको गणनाको आधार वर्ष परिवर्तन गरेको जानकारी दिएको छ । यसअघि २.२७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएकामा आधार वर्ष फेरिएपछि अर्थतन्त्रको वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक देखिएको विभागले जनाएको छ । साथै कोरोना भाइरस महामारीका कारण पनि आर्थिक वृद्धिदर ऋणात्मक भएको हो ।

यसअघि सन् २०००र२००१ लाई आधार मानेर तथ्यांक सार्वजनिक गर्ने गरिएकोमा अहिले २०१०र२०११ लाई आधार मानेर तथ्यांक तयार गरिएको विभागले जनाएको छ । विभागले पाचौं आधार वर्ष परिवर्तनपछिको पहिलो तथ्यांक सार्वजनिक गरेको हो। अबदेखि हुने सम्पूर्ण गणनाहरुको आधार वर्ष २०१०र११ हुने छ।

केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय लेखा तथ्याङ्कको गणना आधार वर्ष परिवर्तन गरेको छ। विभागले अन्तर्राष्ट्रिय मापदण्ड र सिद्दान्तका आधारमा नै मापन वर्ष परिर्वतन गरिएको जानकारी दिएको छ । आधार वर्ष परिवर्तन गर्दै तयार पारिएको तथ्यांकअनुसार अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रूपैयाँको पुगेको छ ।

Comments
Loading...