सुचना, समाचार र मनोरन्जन

विद्यार्थीको रोजाईमा इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय

पोखरा /

पोखरा महानगरपालिका वडा नम्बर १६ लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय विद्यार्थीको रोजाइमा परेको छ ।

शैक्षिक सत्र २०८१ का लागि नयाँ भर्नाको पहिलो दिनमा नै विद्यार्थीको अत्याधिक चाप देखिएको छ । विभिन्न संस्थागत तथा सामुदायिक विद्यालयबाट विद्यार्थीहरू इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयमा नयाँ भर्ना हुनका लागि आउने क्रम जारी छ ।

विद्यालयले यस शैक्षिक सत्रका लागि नयाँ भर्ना मङ्गलबारदेखि सुरु गरेको हो । सीमित सिटका लागि विद्यालयले भर्ना खुलाउँदा नै विद्यार्थीहरूको अधिक चाप देखिएको विद्यालयका प्रधानाध्यापक केशवप्रसाद अम्गाँईले जानकारी दिएका छन् । हाल विद्यालयमा १ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।

Leave A Reply

Your email address will not be published.