काठमाडौँ /
नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बस्दै छ ।
दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने कार्यालय अध्यक्ष पुष्पकमल दाहालको सचिवालयको बताएको छ । पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता भंग गरेर पूर्ववतः पार्टी नै ब्युँताइदिएपछि पहिलो पटक स्थायी कमिटी बैठक बस्न लागेको हो ।
