सुचना, समाचार र मनोरन्जन

पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहकै सरकारको भूमिका महत्वपूर्ण: मुख्यमन्त्री अधिकारी

पोखरा /

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहका सरकारको भूमिका महत्पूर्ण हुने बताएका छन् । मंगलबार पोखरा लेकसाइडमा चारतारे होटलको

रुपमा स्तरोन्नति भई सञ्चालनमा आएको होटल पोखरा भिलेज रिसोर्ट एण्ड स्पाको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘एयरपोर्ट देखि होटलसम्म पुग्ने पूर्वाधारहरूसहज हुनुप¥यो, गुणस्तरीय हुनुप¥यो, त्यसका लागि तीन तहका सरकारको आफ्ना जिम्मेवारी छन्, ती सबै सरकार एक्सन कटमा जानुपर्छ । र, मात्रै राजधानी घोषणालाई साकार दिइरहन सक्छौ’ उनले भने।

पोखरालाई पर्यटकीय राजधानी घोषणा नेपाल सरकारको तर्फबाट गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको उनको गुनासो थियो । यति हुँदा हुँदै पनि प्रधानमन्त्रीको मुखारविन्दबाट घोषणा हुनु भने सुखद रहेको बताए । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न रविन्द्र अधिकारी पर्यटनमन्त्री हुँदा नै प्रस्ताव मन्त्रीपरिषदमा लगेको उनले भने ।

‘त्यतिबेला कोही चितवन भन्ने, कोही काठमाण्डौ त छदैछ भन्ने, कोही के भन्ने त चलिरहेको थियो, त्यो प्रस्ताव क्याविनेटमा गएर होल्ड गरेको प्रस्ताव हो’ मुख्यमन्त्री अधिकारीले भने । नेपाल सरकारले घोषणा नगर्दा दायित्वबाट पन्छिन् खोजेको हो की भन्ने आशंका देखाएको उनको भनाई छ ।

‘नेपाल सरकारले घोषणा गर्नुको भित्र धेरैं दायित्वहरु छन् । त्यो दायित्वबाट पन्छिन खोजेको त होइन । त्यही पनि हामी खुशी छौ । हाम्रो दावा रह्यो’ उनले थपे । प्रधानमन्त्रीबाट घोषणा भएपछि यसलाई स्वामित्वको रुपमा लिएर अगाडि बढ्नुपर्ने उनको आग्रह छ । पोखरामा अझै केही पूर्वाधारको अभाव भएकोले तीनलाई पुरा गर्नुपर्नेमा उनको जोड थियो ।

‘अन्तरराष्ट्रिय सम्मेलन गर्न सक्ने खालको हलहरूको अभाव छ, होटलहरुको अभाव छ, त्यो लेभलमा पुग्नुपर्नेछ । पर्यटन राजधानी भनेपछि सबैकुरा पु¥याउदै जानुपर्छ’ मुख्यमन्त्री अधिकारीले भने।

यहीं समयमा निजी क्षेत्रबाट २५ औं करोड लगानी गरेर चारतारे स्तरको होटल सञ्चालन गर्न लागेकोमा खुशी व्यक्त गरे । निजी क्षेत्र तथा सरकारी क्षेत्रबाट यस्ता धेरैं पर्यटन प्रवद्र्धनका काम हुन् भन्ने कुरामा सबै सकारात्मक हुनुपर्ने उहाँको भनाई थियो । व्यवसायीहरूले व्यसायमा गुणस्तरियता दिनुपर्ने समेत उनले बताए।

२०६६ सालबाट थ्रीस्टारको सुविधा दिएको होटल स्तरोन्नती गरेर फोर स्टार लेभलमा सञ्चालन गर्न लागिएको सञ्चालक हरी शर्मा गैह्रेले बताउनुभयो । होटलमा डिलक्स, सुपर डिलक्स, हनिमुन, स्विट गरेर ६५ वटा रुम र तीनवटा हल रहेको उनले बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा वर्षमा २० लाख पर्यटक ल्याउन सक्ने आधार रहेको दावी गरे । पोखरालाई २४ सै घण्टा खुलाउनको लागि मुख्यमन्त्री अधिकारीले महत्वपूर्ण भूमिका खेलेको उनको भनाई थियो । उनले पोखराको पर्यटन क्षेत्रमा ६ अर्बको लगानी रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पोखरा महानगरपालिका वडा नं. ६ का अध्यक्ष विष्णु बहादुर भट्टराई, होटलका जनरल मेनेजर लक्ष्मण खड्का, सञ्चालक बालकृष्ण गैह्रे लगायतले बोलेका थिए ।

Leave A Reply

Your email address will not be published.