गायक खेम सेन्चुरी र गायिका भुमिका गिरीको आवाजमा रहेको ‘फिक्का चिया’ बोलको गीत सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा राजवान क्षेत्रीको शब्द तथा खेम पुनको संगीत सुन्न सकिन्छ । गीतको भिडियोमा अभिनेता पल शाह र मोडल रियाशा दाहाल फिचर भएका छन् । लोक लयमा बनेको गीतको भिडियोमा पल रियाशाले नृत्य प्रस्तुत गरेका छन् ।
काजिश श्रेष्ठको निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोको सम्पादन सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोलाई तिलक बहादुर श्रेष्ठले निर्माण गरेका हुन् ।
