प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नाममा माधव नेपाल पक्षले छुट्टै गुटको भेला गरे कारवाही गर्न सक्ने चेतावनी दिएका छन् ।
चैत ७ गते पार्टी केन्द्रीय कमिटीको बैठक राखेका ओलीले पार्टी केन्द्रीय सदस्यहरुका लागि मंगलबार चिपायान कार्यक्रम राखेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चियापान कार्यक्रम माधवकुमार नेपाल समूहका नेताहरुले बहिस्कार गरेका छन् ।
चियापान कार्यक्रममा बोल्दै ओलीले पार्टीमा बसेपछि उच्छृङ्खल गतिविधि गर्न तथा विधान विपरितका काम गर्न छुट नदिइने बताए ।
उनले भोली माधव नेपाल पक्षको हुन लागेको भेलाबारे बोल्दै त्यस्ता गुटगत भेला नगर्न, त्यस्ता भेलामा सरिक नहुन सचेत गराएको उल्लेख गरे ।कार्यक्रममा बोल्दै ओलीले भोलिको राष्ट्रिय भेला गर्नुहुन्छ कि गर्नु हुन्न ? कति तमासा गर्नुहुन्छ त्यता चाहिँ एक नजर राखिनेछ ।’
पार्टीलाई धम्क्याएर घुर्क्याएर ठेगान लगाउँछु भन्ने सोचेको छ भने पार्टी विधी विधान अनुसार चल्छ नचाहिने कुराका अगाडि लत्रिने कुरा छैन ।’
एमालेकाे झलनाथ खनाल-माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते आफ्नो समूहको राष्ट्रिय भेला आयोजना गरेको छ ।