सुचना, समाचार र मनोरन्जन

२३ दिनदेखि वेपत्ता झा दम्पत्तिको ‘कि सास कि लास देखाऊ’ भन्दै ५० संघसंस्था सडकमा आउँदै

झा दम्पत्तिको अवस्था पत्ता लगाउन सरकार उदासिन भएको भनाई

काठमाडौं /

महोत्तरीको पिपरा गाँउपालिका–५ का अपहरित दम्पत्ति मुसाफिर झा र गीता देवी झाको अवस्था पत्ता लगाउन सरकार उदासिन भएको भन्दै ५० संघसंस्थाले आन्दोलनको चेतावनी दिएका छन् ।

उनीहरुले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी तीन दिनभित्र सीआइबी टोली गठन गरी घटनाको निष्पक्ष छानविन गर्न पहल नगरिए चरणवद्ध आन्दोलनमा जान वाध्य हुने चेतावनी दिएका हुन् । उनीहरुले आजै माइतीघर मण्डलामा धर्ना कार्यक्रम राखेका छन् ।झा दम्पत्ति सुतेको अवस्थामै वेपत्ता पारिएका थिए । उनीहरु सुतेको खाट, झुल र पलङ पनि फेला परेको छैन । यसले महोत्तरीको पिपरामै खैलाबैला मच्चिएको छ ।

राष्ट्रिय इन्जिनियर्स संघका अध्यक्ष भगवान झाले तीन दिनभित्र घटनाको निष्पक्ष छानविन गर्न सीआइबीबाट टोली गठन नगरिए चरणवद्ध आन्दोलनमा जाने बताए । ५० वटा संघसंस्थाले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय घेराउ देखि कडा आन्दोलन गर्न वाध्य हुने उनको भनाई थियो ।अध्यक्ष झाले महोत्तरीबाट पूर्वसरकारी कर्मचारी दम्पतिको अपहरण भएको २३ दिन पुग्दा पनि सरकार र प्रशासनले केही काम गर्न नसकेको आरोप लगाए । ‘उहाँहरुको सास नभए पनि हामीलाई लास चाहियो,’ उनले भने, ‘उहाँहरुको अपहरण गर्न जग्गाको कारण हुन सक्छ ।’

उनले तीन दिन भित्र घटनाको निष्पक्ष जाँच समिति गठन गरि अपहरित दम्पतिको यथार्थ स्थिती सार्बजनिक गर्न माग गरे । ‘अपहरणको मुद्दामा राजनीतिकरण नहोस् भनेर सिआईबी जाँचको माग गर्दै हामीले आन्दोलन गरिरहेका छौं,’ उनले भने, ‘ सीआईबी अनुसन्धान सुरु गरियोस्, अपहरित दम्पतीको खोजी गरेर बाहिर ल्याइयोस् र बेपत्ता पार्नेलाई सार्वजनिक गरियोस् भन्ने हाम्रो मुख्य माग हो ।’राष्ट्रिय इन्जिनियर संघका महासचिव ई।दिपेन्द्र कुमार शाहले अपराधीलाई सरकारले कडा भन्दा कडा सजाय दिन माग गरे ।

उनले भने, ‘कि सास कि लास चाहियो । झाले दम्पत्ति अपहरणमा पर्नुको कारण मोहि जग्गाको साक्षी बस्नु रहेको जिकिर गरे । उनले मँगलबार बेलुका ४ बजे देखि ६ बजे सम्म माईतिघर मण्डलामा दम्पत्तिको न्यायको लागि धर्ना कार्यक्रम गर्ने जानकारी दिए ।मैथीली महिला समाजकी अध्यक्ष अन्जला झाले झा दम्पत्तिलाई प्रशासनले खोजी गर्न नचाहेको आरोप लगाइन् ।

उनले भनिन् ‘प्रशासनले चाहेको भए खोजी नीति छिटै हुन्छ ।’ तर प्रशासनले अलटाल गरेकोले खोजिनिति नगरेको बताइन् । उनले दम्पत्तिको खोजीको लागि सिआईबी समिति गठन गर्न सरकारसँग माग गरिन् । सहोडवा समाज काठमाडौंका अध्यक्ष वशिष्ट नारायण मिश्रले झा दम्पत्ति अवस्थामा सार्वजनिक गर्न माग गरेका छन् । झा दम्पत्ति जुन सुकै अवस्थामा भएपनि सरकारले छिटो भन्दा छिटो सार्वजनिक गनुपर्नेमा उनको माग थियो ।

मैथिल ब्राम्हण महासंभा नेपालका महासचिव ईन्द्रदेव मिश्रले कार्यक्रम संचालन गर्दै प्रेस विज्ञप्ति पढेर सुनाएका थिए ।महोत्तरीका ७५ वर्षीय मोसाफिर झा र ७० वर्षीय गीतादेवी झा यही फागुन १० गते घरबाटै सुतिरहेका अवस्थामा अपहरणमा परेका थिए । मोसाफिर झा नेपाल सरकारका पूर्वकर्मचारी हुन् ।

कमेन्ट्स
Loading...