पोखरा । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहितको टोलीलाई मंसिर १५ गते पोखरा महानगरपालिकामा भव्य स्वागत गरिएको छ ।
टोलीमा काठमाडौं महानगर उपप्रमुख हरिप्रभा खड्गी, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्षहरू लगायत छन् । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले प्रमुख शाक्य र उपप्रमुख खड्गीलाई मायाको चिनो प्रदान गरेका थिए भने पोखराका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपाली, सचेतक शोभामोहन पौडेल, रामराज लामिछाने, वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापा लगायत सहभागी भएका थिए ।
कार्यक्रममा सांस्कृतिक शहर काठमाडौं र प्राकृतिक रूपमा रमणीय पोखराका बीचमा अनुभव साटासाट भएको थियो । त्यसक्रममा काठमाडौंका प्रमुख शाक्यले पनि पोखरा महानगरका प्रमुख जिसी र प्रमुख प्रशासकीय अधिकृत बराललाई मायाको चिनो प्रदान गरेका थिए ।