सुचना, समाचार र मनोरन्जन

समृद्धि सहकारीको रक्तदान कार्यक्रममा ६१ युनित रगत संकलन

पोखरामा लेखनाथ मिसिएकोमा हिनतावोध नगर्न लेखनाथवासीलाई मेयर जि.सि को आग्रह

लेखनाथ /

  पोखरा महानगरपालिकाको वडा नं. २७ मा रहेको समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौं स्थापना दिवशको अवसरमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा ६१ युनिट रगत संकलन भएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख मानवहादुर जि सि पहिलो रक्तदाता लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाललाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारंभ गरेका थिए । कार्यक्रमको शुभारंभ गर्दै, महानगर प्रमुख जि.सि ले पुण्यहरुमा सवैभन्दा उत्तम कार्य रक्तदान भएको उल्लेख गरे । उनले सहकारीहरुले बचत संकलन र बोनस बितरण भन्दा पनि सामाजिक उत्तरदायित्वका क्रियाकलापलाई बढि प्राथमिकता दिनु पर्नेमा जोड दिए ।

उनले पोखरामा मिसिएकै कारण लेखनाथको विकास भएन की भनेर हिनतावोध नगर्न समेत लेखनाथवासीलाई आग्रह गरे । उनले नेपालकै सवैभन्दा महङ्गो योजना तालचोक देखी बेगनासतालको सडकको विस्तार हुन लागेको उल्लेख गर्दै, लेखनाथलाई नयाँ शहरका रुपमा विकास गर्ने गरी महानगरले योजना बनाएको उल्लेख गरे ।

महानगर प्रमुख जि.सि ले साविक लेखनाथको जग्गामा एक सय सइयाको महानगर अस्पताल तथा विशिष्ट बाल अस्पताल बनाउने गरी योजना अघि बढाईएको समेत उल्लेख गरे । कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य एवं सहकारीका सल्लाहकार बाबुराम गिरीले सहकारीहरुले मुनाफा, वोनस र शेयरसदस्यको हित भन्दा पनि समग्र लगानी क्षेत्रको पहिचान गरी रोजगारीको अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष सुमन भट्टराईले सहकारीहरुले कति प्रतिशत मुनाफा दियो भन्नु भन्दा पनि कुन क्षेत्रमा लगानी गरी दिर्घकालिन रुपमा कस्तो रोजगारीको अवस्था सिर्जना गर्यो भन्ने तर्फ सोच्न जरुरी रहेको उल्लेख गरे । संस्थाका सचिव नवराज तिवारीले संस्थाको बार्षिकोत्सवका अवसरमा आयोजना गरिएका विभिन्न क्रियाकलापका विजयी प्रतियोगितलाई पुरस्कार र मायाको चिनो बितरण गरिएको जानकारी दिए ।

कार्यक्रममा विभिन्न संघसंस्थामा आवद्ध व्यक्तिहरुले रक्तदान गरेका थिए । संस्थाका झण्डै एक सय ७० शेयर सदस्य मार्फत करिव १० करोड रुपैयाको कारोवार गरेका छन् । लेखनाथमा आधुनिक कोल्डस्टोर स्थापना गर्ने उद्देश्य सहित स्थापना भएको सहकारीले सो उद्देश्यका लागि गृहकार्य गरे पनि सफलता भने हात पार्न सकेको छैन ।

कमेन्ट्स
Loading...