केपी ओली नेतृत्वको नेकपा एमाले संसदीय दलको बैठकले गुटगत भेला नगर्न सांसदलाई निर्देशन दिएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहिबार बसेको बैठकले पार्टीबाहेक अरूले बोलाउने भेलामा नजानसमेत सांसदहरूलाई निर्देशन दिइएको ।यस्तै संसदीय दलको बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि राखिएका छन् ।
बालुवाटारमा बसेको संसदीय दलको बैठकले बोर्डमा रहने २३ जनाकै नाम टुंगो लगाएको हो । खनाल र नेपाल समूहले बैठक बहिस्कार गरेपनि बोर्डमा राखिएको छ ।
यस्तै बैठकमा नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा लालबाबु पण्डित पुगेका छन्।
