सुचना, समाचार र मनोरन्जन

एमाले वरिष्ठ नेता नेपालको उद्घोष : ओली प्रवृत्ति र विचारको भण्डाफोर गर्नुस्

आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको भनाई

काठमाडौं /

 नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् ।कार्यकर्ता भेलाको अन्तिम दिन नेता नेपालले सम्बोधन गर्दै पार्टीमा अन्तिम समयसम्म लड्ने उदघोस गरे ।

नेता नेपालले अध्यक्ष केपी शर्मा ओली र उनको विचारको भण्डाफोर गर्न नेता कार्यकर्ताहरूलाई निर्देशन पनि दिएका छन् । उनले कम्युनिस्ट आन्दोलनमा लागेका नेताहरू अझैपनि कम्युनिस्ट आन्दोलनप्रति कटिबद्ध रहेको भन्दै ती नेताहरू आज पनि एकताकै पक्षमा रहेको बताए ।

वैचारिक विचलन संगठनका ध्वस्त गर्ने आन्दोलन नै सखाप पार्ने मनस्थिति देखिएको छ । अब हामीले वैचारिक रूपमा नै अगाडि बढ्नुपर्ने अवस्था आएको छ’ नेता नेपालको भनाइ रहेको थियो ।

नेपालले कार्यकर्ताहरूलाई जनताको पीडा र समस्यामा साथ दिएर अगाडि बढ्न पनि निर्देशन दिए ।उनले आफूहरु जस्तो सुकै चुनौती सामना गर्न तयार रहेको भन्दै जे त्याग गर्न पनि तयार रहेको बताए ।

कमेन्ट्स
Loading...

 

This will close in 7 seconds