काठमाडौँ /
काठमाडौँको चाल्नाखेलमा दुई जना पुरुषको शव भेटिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंबाट प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेत नेतृत्वको टोली त्यसतर्फ गएको छ ।
अन्दाजी २० र २५ वर्षका पुरुषको शव भेटिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जनाकारी दिए ।
यस्तै घटनाको अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुर र फरेन्सिक विज्ञलाई घटनास्थलमा बेलाएको छ ।
काठमाडौंका एसएसपी सिंहका अनुसार दुवैजनाको मुखबाट फिँज निस्किएको देखिएको छ ।
