सुचना, समाचार र मनोरन्जन

पुष्प अभिनित फिल्म ‘कृष्ण लीला’को ट्रेलर रिलिज [ भिडियो सहित ]

पुष्पको सुस्त मनस्थिति अवतार चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कृष्ण लीला’ को ट्रेलर सार्वजनिक भएको छ ।

शुक्रबार सार्वजनिक गरिएको ट्रेलरमा प्रेमदेखि विछोडसम्मको कथालाई देखाइएको छ । फिल्ममा अभिनेता पुष्प खड्काले सुस्त मनस्थिति भएको व्यक्तिको चरित्र निर्वाह गरेका छन् । अभिनेत्री श्रद्धा क्षेत्रीले भने प्रहरीको भूमिका निर्वाह गरेकी छिन् ।

फिल्ममा पुष्प कृष्ण बनेका छन् भने श्रद्धा लीला बनेकी छिन् । दीपक ओलीको निर्देशनमा बनेको फिल्ममा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

फिल्ममा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

रोहित कट्टेल प्रस्तुतकर्ता रहेको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता, प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्मातामा छन् ।

कमेन्ट्स
Loading...