सुचना, समाचार र मनोरन्जन

रमाइलो पर्व होली, एस.बिले उत्पादन गरेको कपडा एकै दिनमा बिक्रि

पोखरा /

एस.बि ट्रेडरसमा होलीको लागि भनेर उत्पादन गरिएको कपडा एकै दिनमा बिक्रि भएको छ । रमाइलो पर्व होली नजिकिए संगै ट्रेडरसले होली बिसेष टि-शिर्ट लगायत कपडा उत्पादन गरेको थियो ।

पोखरा १७ बिरौटामा रहेको एस.बि ट्रेडरसमा होलिका लागि उत्पादन गरिएको कपडा एकै दिनमा बिक्रि भएको हो । होली सम्म पनि कपडा बिक्रि हुदैन होला भन्ने सोचेका थियौ, तर एकै दिनमा पुरै कपडा बिर्की हुदा खुशी लाग्यो ट्रेडरसका संचालक भवदत्ता सुबेदीले बताए ।

सुपथ मुल्यमा कपडा उत्पादन गरेको भएर पनि होला सबै जनाको साथ पायौ र यो सुरुवात को समयमा नै धेरै हौसला मिल्यो ट्रेडरस अर्का संचालक सफल सुबेदीले बताए ।

हामीले सेवा प्रबाह निरन्तर गर्ने भन्दै होलीका कपडा किन्न चाहानु हुने व्यक्तिहरुको लागि कपडा उत्पादन हुने समेत संचालक सुबेदीले जानकारी गराएक छन् ।

एस.बि ट्रेडरसले बिगत १ बर्ष देखि फेन्सी कपडा , स्कुलका ड्रेस अन्य कपडा उत्पादनका साथै कप , क्याप , थाल र कपडामा प्रिन्टको सेवा दिदै आईरहेको छ l

कमेन्ट्स
Loading...