नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले नेतृत्व समूह कारबाहीको भागीदार रहेको बताएका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकलाई सम्बोधन गर्दै ओलीले उनीहरुले निरन्तर गरिरहेको गतिविधि कारबाहीको लायक भएको बताएका हुन्।
ओलीले नेपाल- खनाल समूहले चैत ४ र ५ गते गरेको राष्ट्रिय कार्यकर्ता भेलाको पनि चर्को आलोचना पनि गरे । उनले कार्यकर्ताले अलमलिनु आवश्यक नरहेको भन्दै ओलीले एमाले एकढिक्का भएर अघि बढ्ने पनि बताए ।

यस्तै नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरू लिखित पत्र लिएर बालुवाटारमा पुगेका छन्। खनाल नेपाल पक्षका नेताहरू जीवनराम श्रेष्ठ, सोम पाण्डे यज्ञराज सुनुवारलगायत नेताहरू पत्र लिएर स्थायी समिति बैठकमा बालुवाटार गएका हुन्।