सुचना, समाचार र मनोरन्जन

एमालेको केन्द्रीय कमिटी बैठक, पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय [ फोटो फिचर ]

वामदेव गौतम पनि अनुपस्थित

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । संसदीय दलको बैठक सकिएको केही घण्टापछि ओली नेतृत्वको केन्द्रीय समिति बैठक सुरु थियो ।

बालुवाटारमा शनिबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकमा माधव नेपाल पक्ष सहभागी छैनन भने वामदेव गौतम पनि अनुपस्थित रहेका छन् ।

PCCi MELa

फागुन २८ मा केन्द्रीय समिति बैठक अध्यक्ष र महासचिव पदबाहेक अन्य पद पदाधिकारीको पद खारेज गरेका ओलीले केही जिम्मेवारी समेत हेरफेर गरेका थिए ।

ओलीले एक पक्षीय रुपमा बैठक बोलाएर विधान विपरितको निर्णय गरेको भन्दै नेपाल समूहले विरोध गर्दै आएको छ ।

ओलीले भने केन्द्रीय समिति बैठकमा सहभागी हुन सार्वजनिक रुपमै खनाल–नेपाल समूहलाई आग्रह गर्दै आएका छन् ।

कमेन्ट्स
Loading...