प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरी आरोहण गर्न जान लागेकी माया शेर्पालाई राष्ट्रिय झन्डासहित विदाइ गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा झण्डा हस्तान्तरण गर्दै उहाँले सफलतापुर्वक आरोहण गरेर फर्कन शुभकामना दिनुभयो । यसका साथै आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार गरेर आरोहण गर्न सुझावसमेत दिनुभयो ।
सन् २००३ देखि हिमाल आरोहण सुरु गर्नुभएकी शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राख्नुभएको छ । यसमध्ये पाँच वटा हिमालको आरोहण गरिसक्नु भएको छ ।
शेर्पाले यसअघि तीन पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।
