पोखरा /
पोखराका फेवाताल किनार गौरीघाटको सौन्दर्यकरण गरिएको छ । स्थानीय युवाहरुको पहलमा घाटको सौन्दर्यकरण गरिएको हो ।
अब्यवस्थित बनेको घाटको साँढे दुई रोपनी क्षेत्रलाई आकर्षक बनाइएको छ । पोखरा महानगरपालिकाको १२ लाख ५० हजारमा सौन्र्दय करण गरिएको गौरीघाट पार्क व्यवस्थापन समितिका अध्यक्ष अनिल थापाले जानकारी दिए ।

यहाँ पुग्ने आन्तरीक तथा बाह्य पर्यटकको ध्यानाकर्षण गर्न पोखराको फेवातालमा पाइने तर लोपोन्मुख अवस्थामा पुगेको सहर माछाको प्रतिमा बनाइएको छ । फेवातालमा पाइने माछा सहर हो ।
गौरीघाट पार्कमा निर्माण गरिएको माछाको प्रतिमाको अनावरण शुक्रबार पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले गरिन ।
उनले फेवाताल विनाको पोखरा कल्पना गर्न नसकिने जनाइन । लेक नभए लेकसाईड हुदैन उनको भनाइ रहेको थियो।