काठमाडौं /
आइतबारदेखि देशभर रंगहरूको पर्व होलीको विधिवत सुरुवात भएको छ ।
वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ८ : २६ मा तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात हुने मान्यता छ । चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत देशभर औपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ ।

होली पर्वलाई बसन्त ऋृतिको आगमनको खुसीयालीमा रंगसहित मनाउने पर्वको रुपमा लिने गरिएको छ । चन्द्रमास अन्तर्गत् फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ ।
चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत देशभर औपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ । चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो ।
रंगीचंगी कपडाहरू बाँधिएको तीन तले चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिन्छ । होलीमा सरकारले सार्वजनिक विदा समेत दिने गरेको छ ।