सुचना, समाचार र मनोरन्जन

फिर्केखोला मिचेर बनेका संरचना ३५ दिनभित्र हटाउन पोखरा महानगरको निर्देशन

पोखरा/

अतिक्रमणको चर्को चपेटामा परेको पोखराको फिर्केखोलाको खोलाघर मिचेर बनेका संरचना ३५ दिनभित्र हटाउन पोखरा महानगरले निर्देशन दिएको छ । शुक्रबार एक सूचना जारी गरी खोलाघर मिचेर बनेका स्थायीरअस्थायी सबै संरचना हटाउन निर्देशन दिएको हो ।

पोखरा महानगरले केही समयअघि प्राविधिक खटाएर खोलाको वास्तविक आकार खोज्न सुरु गरेको थियो । सो क्रममा खोलाघर पर्ने क्षेत्रमा सीमांकन गर्दै स्तम्भ गाडेको थियो । प्राविधिकले गाडेको उक्त स्तम्भभित्र पर्ने सबै संरचना हटाउन महानगरले सूचना जारी गरेको हो ।

Leave A Reply

Your email address will not be published.