सुचना, समाचार र मनोरन्जन

श्रीलङ्काको कारागारमा भएको दङ्गामा परी आठ व्यक्तिको मृत्यु

एजेन्सी । श्रीलङ्काको राजधानीमा कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दङ्गामा परी आठ व्यक्तिको मृत्यु भएको छ । यस दङ्गामा मारिएका सबै व्यक्ति कैदी नै भएको छ ।

दङ्गामा परी अन्य ४५ जना घाइते भएका छन् । घाइते भएकाहरूमा सुरक्षाकर्मी पनि रहेका छन् । कारागारमा कोरोनाभाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवासुविधाको माग गर्दै प्रदर्शन गरेका थिए ।

Parichay

राजधानी कोलोम्बोस्थित वेलिकाडा जेलका बन्दीहरूले छानामा चढेर आफूहरूलाई धरौटीमा छोडियोस् भन्दै प्रदर्शन गरेका हुुुन् । बन्दी र कारागारमा खटिएका सुरक्षाकर्मीहरूबीच भएको भडपमा परी कम्तीमा ८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका बताइएको छ ।

श्रीलङ्काको जेलहरूमा अहिलेसम्म करीब १,००० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कारागारमा रहेका बन्दीहरूले शुरू गरेको दङ्गा अनियन्त्रित भएपछि नियन्त्रणमा लिनको लागि बल प्रयोग गर्नु परेको प्रहरी प्रवक्ता अजित रोहना बताए ।

दङ्गामा घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको उनले बताए । कारागारमा सुरक्षा बढाउन विशेष तालिमप्राप्त कमान्डोहरूको टोली झिकाइएको छ । श्रीलङ्कामा कोरोना  शुरु भएयता २३ हजार ४०० भन्दा बढीमा कोभिड–१९ को संक्रमण देखिएको र यस संक्रमणबाट ११६ जनाको मृत्यु भइसकेको छ ।

Comments
Loading...