सुचना, समाचार र मनोरन्जन

बिहानै दाङमा विद्यार्थी बोकेको बस दुर्घटना : एकको मृत्यु, २० घाइते

तुलसीपुर /

 दाङको तुलसीपुरमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पब्लिक ज्ञानज्योति माध्यमिक विद्यालयका विद्यार्थी बोकेको बस आज बिहान दुर्घटना भएको हो। यस्तै दुर्घटनामा परेर घाइते भएकी तुलसीपुर उपमहानगरपालिका १५ की १८ वर्षिया सम्झना केसीको भने मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ ।

दुर्घटनामा तीन गम्भीरसहित २० जनाभन्दा बढी विद्यार्थी घाइते रहेको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण बस दुर्घटनामा परेको अनुमान प्रहरीको छ। दुर्घटनामा परेको बसको नम्बर खुलेको छैन।

कमेन्ट्स
Loading...