सुचना, समाचार र मनोरन्जन

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सिंहदरबारमा बस्दै

ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने र नलिने विषयमा छलफल

काठमाडौं /

 नेपाल कम्युनिस्ट पार्टी ‘माओवादी केन्द्र’को स्थायी कमिटी आज बैठक बस्दै छ । आज बिहान ८ बजे पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक रखिएको माओवादी केन्द्रले जनाएको छ ।

बैठकमा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने र नलिने  सत्ता साझेदारीको विषयमा छलफल हुनेछ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँगको गठबन्धनका विषयमा पनि बैठकमा छलफल हुने एक सदस्यले बताएका छन् ।

स्थायी कमिटी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आउँदो कार्ययोजना लगायतबारे पनि छलफल हुने बताइएको छ । यसअघि फागुन १ र २ मा पार्टीको केन्द्रीय कमिटी बैठक बसेको थियो ।

उक्त बैठकले पछिल्लो राजनीतिक घटनाक्रम र एजेण्डामा निर्णय लिने अधिकार स्थायी कमिटीलाई दिएको थियो ।

कमेन्ट्स
Loading...