सुचना, समाचार र मनोरन्जन

सत्ता साझेदारी : प्रधानमन्त्रीसँग छलफल गर्न जसपाका नेताहरु बालुवाटारमा

जनता समाजवादी पार्टी (जसपा)का नेताहरु बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार गएका हुन् ।

सत्ता साझेदारीका लागि निर्णायक भूमिका निर्वाह गर्ने अवस्थामा रहेको जसपा नेपालले ओली सरकारलाई निरन्तरता दिने वा विकल्प खोज्ने भन्नेबारे प्रस्ट धारणा बनाइसकेको छैन ।

जसपा नेपालका नेताहरुले केहीदिन अघि काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको समर्थन लिने प्रयास गर्दै आएका छन् । त्यसका लागि दुबै पक्षबीच निरन्तर सम्वाद भएपनि अहिलेसम्म पनि सहमति हुन सकेको छैन ।

कमेन्ट्स
Loading...