सुचना, समाचार र मनोरन्जन

प्रदेश १ मा चलचित्र छायांकन स्थलको लागि अध्ययन समितिद्वारा प्रतिवेदन बुझाईयो

 नेपाल सरकार चलचित्र विकास वोर्डले प्रदेश नं १ मा चलचित्र छायांकन स्थल निर्माणको लागि गठन गरेको अध्ययन समितिले प्रतिवेदन बुझाएकोछ ।

राष्ट्रिय नायक नवल खडकाको संयोजकत्वमा गठित कमिटिलाई प्रतिवेदन बुझाउने अन्तिम मिती गत फागुन अन्तिम साता सम्म दिए पनि विविध कारणवस समितिले सोमबार प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कुमार कार्की लाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको हो । समितिले प्रदेश १ का बिभिन्न १४ वटा जिल्लाको स्थलगत भ्रमण् गरि अध्ययन गरेको थियो । जसमा ईलाम , झापा , सुनसरी , मोरङ्ग का बिभिन्न सम्भावित स्थलहरुको अध्ययन गरेको थियो ।

समिती बिभिन्न सम्भावित स्थानहरुमा भ्रमण गरेपनी चलचित्र छायांकन स्थल निर्माणको लागि आबश्यक मापदण्ड नपुगेका ले सम्भावित स्थानहरु बन्चित भएकाछन । छायांकन स्थल निर्माणका लागि प्रसस्त जग्गा आबश्यक पर्दछ । चलचित्र विकास वोर्डको स्वीकृत मापदण्ड बमोजिम सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ क्षेत्र भित्रमा पर्ने श्रीलंका टापु आसपासको दुई सय विगाह क्षेत्रलाई सबैभन्दा उपयुक्त क्षेत्र पहिचान गरेको र उक्त क्षेत्रलाई बराहक्षेत्र नगरपालिकाले चलचित्र छायांकान स्थलको रुपमा विकास गर्न सहमति प्रदान गरेको हुनाले नै समितिले उक्त क्षेत्र लाई उपयुक्त मानि सोहि स्थल लाई छनौट गरिएको प्रदेश स्तरिय चलचित्र छायांकन स्थल निर्माणको सम्भाव्यता अध्यन समन्वय तथा संयोजन समितिका संयोजक नवल खडकाले जानकारी दिनुभयो ।

१४ जिल्लाका बिभिन्न रमणिय स्थलहरुमा स्थलगत भ्रमण गरेपनी अन्य स्थानको तुलनामा बढि जग्गा र सबै हिसाब ले उपयुक्त भएको ठहर गरेपछि मात्र हामीले यो स्थान छनौट गरेको हो भनेर समितिका सह संयोजक प्रेम सुब्बाले जानकारी गराउनु भयो । छायांकान स्थलको निर्माण पछि प्रदेश १ लाई छुट्टै चलचित्र क्षेत्रको रुपमा स्थापित गराउन मद्धत पुग्ने भएको हुदा प्रदेश १ मा रहेका सम्पुर्ण चलचित्रकर्मिहरुको लागि यो एकदमै खुशिको कुरा रहेको नेपाल चलचित्रकर्मि महासंघ प्रदेश १ का अध्यक्ष तथा समितिका सदस्य अरुण कुमार प्रधान को भनाई छ ।

समितिले छनोट गरेको सुनसरीको श्रीलंका टापु मा हिमाल , पहाड, तराई को क्षेत्र नजिक नजिकै पर्ने अनि सप्तकोसी को संगम स्थल, धार्मिक,पर्यटकिय क्षेत्र रहेको आन्तरिक हवाई क्षेत्र , यातायात को सुविधा हुनको साथै आवश्यक जग्गा प्राप्त भएको हुदा नै यो स्थान छनौट मा पर्न सफल भएको महासंघका अध्यक्ष प्रधानको दावी छ । यसअघी झापाको खुदुनावारी इलामको कन्याम, श्री अंतु, केरावारी, डंग्राह, बिष्णुपादुका लगायत दर्जनौ स्थानको अवलोकन पछि नै बराहक्षेत्र छनौट मा परेको हो ।

प्रदेश १ मा बराहक्षेत्र नै सबै भन्दा उपयुक्त स्थान भएको र त्यसको विकल्प मा कुनै पनि क्षेत्र नरहेको हुनाले छनौट मा परेको चलचित्रकर्मी संघ प्रदेश १ का अध्यक्ष केवल तमाङ ले जानकारी दिनु भयो । प्रतिवेदन बुझेपछी मन्त्री कार्कीले खुशी व्यक्त गर्नुभयो । समितिले छोटो समयमा नै एकदमै मेहनत गरेर काम गरेको भन्दै आन्तरिक मामिला तथा कानुन मंन्त्रीले हिक्मत कार्कि ज्यु ले धन्यवाद ज्ञापन व्यक्त गर्नु भयो ।

कार्कीका अनुसार झापाको खुदुनावारी पनि उपयुक्त ठाउ भएको र आफ्नो छनौट मा सो स्थान रहदा रहदै पनि अझ त्यो भन्दा राम्रो स्थान छनौट भएको हुदा खुशि लागेको भन्दै अब यो जग्गा छनौट पछि मास्टर प्लान बन्ने अनि डिपिआर निर्माण गरेर आगामि निति तथा कार्यक्रम मा सहभागी गराएर उच्च प्राथमिकता का साथ छयांकन स्थल निर्माण कार्य तिव्र गतिमा अघि बढाउने कुरा माननिय मन्त्री हिकमत कुमार कार्कीले जानकारी गराउनु भयो ।

समितिको लागि प्रतिवेदन पत्रकार तथा निर्देशक भीषण राई ले तयार गर्नु भएको थियो । यस समितिमा संयोजकमा चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दहाल, सह संयोजकमा प्रेम सुब्बा, सदस्यहरुमा दिपाश्री निरौला, दयाहाङ राई, राजकुमार पोखरेल, संचार तथा सुचना प्रविधि मंत्रालय का उप सचिव युवराज खतिवडा, आन्तरिक मामिला तथा कानुन मंत्रालयका शाखा अधिकृत बिजय कुमार मगर, सचिवमा चलचित्र विकास वोर्डका लेखा अधिकृत प्रभाकर भट्टराई , नवल खडका रहनु भएको थियो भने बोर्ड बाट नियुक्त स्थानिय सहजकर्तामा केशव रायमाझि, दुर्गा नेम्वाङ , केवल तामाङ को साथै प्रदेश सरकारबाट सिफारिस भएका प्रतिनिधिहरुमा मणि लिम्बु ( बिजय सुब्बा) , ध्यान बहादुर सुब्बा, हिमाल दहाल र नेपाल चलचित्रकर्मि महासंघका अध्यक्ष अरुण कुमार प्रधान रहनु भएको छ । बिषेश सहयोगिमा पत्रकार भीषण राई रहनु भएको छ ।

कमेन्ट्स
Loading...