मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मौसम बदली कायमै रहने छ ।
आज दिउँसो र राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहीबार र शुक्रबार पनि देशका पहाडी भूभागका केही ठाउँमा मौसम बदली भई मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ ।

आज देशका केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।