सुचना, समाचार र मनोरन्जन

मुख्यमन्त्री राईको पद जोगियो, अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिन निर्देशन

विराटनगर /

 प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद जोगिएको छ । नेकपा एमालेको माधवकुमार नेपाल पक्ष मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएको छ ।

अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराउन आफ्नो पक्षका दुई जना सांसद बैठकमा सहभागी भएको नेपाल पक्षका नेता राजेन्द्र राईले जानकारी दिए ।

प्रदेश १ संसदीय दलले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई एक साताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ।

प्रदेश १ सभामा एमालेका ५१ सांसद छन्, जुन बहुमत हो ।

कमेन्ट्स
Loading...