सुचना, समाचार र मनोरन्जन

कोरोना भयावह हुन नदिन सरकार सतर्क रहेको छ : प्रधानमन्त्री ओली

कोरोनाको पूर्ण नियन्त्रण अत्यावश्यक

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भयावह हुन नदिन सरकार सतर्क रहेको बताउनुभएको छ । कोरोना महामारीको पनि महामारी भएको बताउँदै उहाँले भन्नु भयो । यो फर्फी फर्की आउने महामारी हो ।

जेसुकै भनिए पनि सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने कार्य गरेर संक्रमणलाई स्ून्य तुल्याउनु यसको सबै भन्दा प्रभावकारी विधि रहेको धारणा उहाँको थियो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताउनु भएको थियो ।

‘तीन दिनदेखि लक्षण फेरि नकारात्मकतातिर जान खोज्या होकी ? स्थिति भयावह हुन नपाओस् भनेर हुनभन्दा अगाडि नै हामीले ध्यान दिनुपर्दछ,’ प्रधानमन्त्रीले थप्नुृभयो, ‘अहिले स्थिति भयावह नभए पनि यसको अर्को जेनेरेशन चाहीँ अझ बढी खतरनाक ढंगले अर्कै प्रकृतिमा पैदा भएको छ ।’ दिनैपिछे घटदै आइरहेको संक्रमण दर फेरि बढदा सतर्क हुनुपर्ने अवस्था आएको बताउनुभयो ।

कोभिड १९लाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने बताउँदै उहाँले संक्रमणबाट बच्ने र बचाउने कुरा मुख्य भएको धारणा समेत राख्नुभयो । कोभिड–१९ खोपले पनि नयाँ भाइरसको लागि काम गर्छ कि गर्दैन भन्ने यकिन नभएको पनि उहाँले बताउनुभयो । कोभिडको सन्दर्भमा नेपालले जीवन पहिले की अर्थतन्त्र पहिले भन्ने बहस छेडिएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

कतिपय मुलुकले अर्थतन्त्र भनेको उल्लेख गर्दै उहँले नेपालले जीवन पहिला भन्ने मान्यता अंगालेको बताउनुभयो । मानिस सोत्तर भएपछि अर्थतन्त्र उठ्छ कहिँ ? उहाँको भनाई थियो ।

कमेन्ट्स
Loading...