पोखरा /
पोखरा विश्वविद्यालय जारी क्रिकेट प्रतियोगितामा आज बिहिबार फारवेष्ट टाइगर्स र गण्डकी स्टाइकर्स बिच खेल हुदै छ ।
पोखरा रंगशालामा हुने प्रतियोगितामा पोखरा विश्वविद्यालय विभिन्न आंगिक क्यापसमा अध्ययनरत विद्यार्थीहरुको ८ टिमको सहभागिता रहेको छ। आज फारवेष्ट टाइगर्स र गण्डकी स्टाइकर्स बिच खेल हुन् लागेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा गोरखाली वलाष्टर्स्, पियू राइनोज, स्टिल्थ सिक्सर्स, मिथिलाञ्चल वारियर्स, फारवेष्ट टाइगर्स, पियू रेड वारियर्स, अन्नपूर्ण किङ ११ र गण्डकी स्टाइकर्स रहनेछ । हरेक टिममा २–२ जना राष्ट्रिय टिमका खेलाडीहरु अनुवन्ध भइसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा उपाधि विजेता टिमले नगद १ लाख २५ हजार, उपविजेताले ७० हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यसै गरी म्यान अफ दि सिरिजलाई नगद ५ हजार, वेष्ट बलरलाई नगद २ हजार ५ सय, वेष्ट बलरलाई २ हजार ५ सय र म्यान अफदि म्याच हुने खेलाडीलाई नगद १ हजारका साथमा ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।