सुचना, समाचार र मनोरन्जन

नेपाल – खनाल पक्षको केन्द्रीय समिति बैठक, ओलीले मागेको स्पष्टिकरण तयार

काठमाडौं /

 नेकपा एमालेको माधवकुमार नेपाल -झलनाथ खनाल पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ । उक्त समूहका नेता सुरेन्द्र पाण्डेले काठमाडौंमा बस्ने गरी शुक्रबारका लागि बैठक डाकिएको जानकारी दिएका छन् ।

बैठक बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा बस्ने बताइएको छ । यसैबीच नेपाल समूहका नेताहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मागेको स्पष्टिकरण पनि तयार पारेका छन्।

नेपाल समूहका नेताहरुका अनुसार स्पष्टीकरणको जवाफ तयार भइरहेको छ । यसका लागि नेपाल समूहका स्थायी कमिटी सदस्यहरुबीच बुधबार छलफलसमेत भएको थियो ।

यसअघि बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठकमा माधव नेपाल पक्षका नेता तथा सांसदहरु सहभागी भएका थिएनन् ।

राष्ट्रिय कार्यकर्ता भेला, जनवर्गीय संगठनहरुको बैठक लगायतका गतिविधि गरको सो पक्षले अब चाँडै जिल्ला जिल्लामा पनि समानान्तर संगठन निर्माणको तयारी गरिरहेको छ ।

कमेन्ट्स
Loading...