सुचना, समाचार र मनोरन्जन

बिनाकसुर ४० वर्ष कटाएर रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिनाले बनाए नागरिकता

घर फर्किएको चार दिनपछि बनाए नागरिकता

 भारतीय जेलमा बिनाकसुर ४० वर्ष कटाएर रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नागरिकता बनाएका छन् ।

उनले बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता बनाएका हुन् । जिल्ला प्रशासन कार्यालय इलामले उनलाई वंशजको आधारमा नागरिकता दिएको हो ।

आवश्यक सबै कागजातसहित जिल्ला प्रशासन कार्यालय पुगेका तिम्सिनालाई प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले सबै प्रक्रिया पुगेको २० मिनेटमै वंशजका आधारमा नागरिकता प्रदान गरेका हुन् ।

४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएका उनको स्वास्थ्यमा समस्या देखिएकोले प्रदेश सरकारले नि:शुल्क उपचार गर्ने भएको छ ।

यसअघि गत सोमबार कलकत्ता उच्च अदालतले दुर्गाप्रसादलाई क्षतिपूर्ति पाउनु पर्ने बताएको थियो।  कलकत्तास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले क्षतिपूर्तिका लागि आफूले पनि पहल गर्ने बताएका छन् ।

कमेन्ट्स
Loading...

 

This will close in 7 seconds