सुचना, समाचार र मनोरन्जन

गाडिएको अवस्थामा फेला पर्यो झा दम्पतीको शव

बेपत्ता झा दम्पतीकै शव रहेको परिवारको निष्कर्ष

  •  
  •  
  •  
  •  

जनकपुरधाम /

 एक महिनाअघि वेपत्ता भएका महोत्तरी पिपराका एक दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीले माटो पन्छाएर खोजतलास गर्दा दुईवटा बोरामा मानव कंकाल फेला परेको हो ।

दुबै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा पिपरा–२ स्थित बाटो छेउमा फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए । हत्या गरेर दुईवटा बोरामा माटोमूनि पुरिएको अवस्थामा दुईवटा शवको कंकाल बरामद भएको प्रहरी जानकारी दिएको छ।

दुवै शवको हड्डीमात्र बाँकी रहेकाले पहिचानमा कठिनाइ भए पनि शवसँगै फेला परेको कपडाको आधारमा परिवारजनले दुवै शवको पहिचान गरेको डीआईजी सिंहले बताए । यसअघि दम्पतीको अपहरण गरेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पिपरा गाउँपालिका–५ सहोडवा बस्ने ५२ बर्षीय रामबाबु यादव, उनका छोराहरु २६ बर्षीय सुरेन्द्र यादव र २४ बर्षीय राजेन्द्र यादव र पिपरा– ६ बस्ने भारतीय नागरिक ५० बर्षीय हरेन्द्र ठाकुर पक्राउ परेका हुन् ।

उनीहरुविरुद्ध चैत ५ गते झाको परिवारले अपहरण गरी शरीर बन्धकसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएको थियो ।

कमेन्ट्स
Loading...