सुचना, समाचार र मनोरन्जन

कलाकार दीपाश्री निरौला र सरोज खनालको फेसबुक अकाउन्ट ह्याक

ह्याकरले मागे ८० हजारदेखि एकलाख रुपैयाँसम्म

चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौला र सरोज खनालको फेसबुक अकाउन्ट ह्याक भएको छ । उनीहरुको फेसबुक अकाउन्ट ह्याक गरी एक लाख रुपैयाँसमेत मागिएको निरौलाले जानकारी दिइन् ।

 कलाकार सरोज खनालको पनि अकाउन्ट ह्याक भएको छ । सरोजले विभिन्न व्यक्तिहरूलाई म्यासेज गर्दै ह्याकरले पैसा मागिरहेको बताएका छन् । ह्याकरले सरोजको फेसबुकबाट सरोज खनाल बनेर ८० हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म पैसा मागेको छ ।

निर्देशक तथा कलाकर दीपाश्री निरौला, गीतकार दयाराम पाण्डे लगायतको फेसबुक ह्याक भएको हो । कलाकारहरु आफ्नो फेसबुक ह्याक भएको भन्दै प्रहरीसामु पुगेका छन् ।

फेसबुक ह्याक गरेर ह्याकरले पैसा माग्न थालेपछि उनीहरु उजुरीका लागि प्रहरीसामु पुगेका हुन् । दीपाश्री निरौलाले पनि आफ्नो फेसबुक ह्याक भएको बताइन् । उनले आफ्नो फेसबुक ह्याक भएको भन्दै सबैलाई सचेत हुन पनि आग्रह गरिन् ।

यस्तै अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक संजालमा एक स्टाटस पोष्ट गर्दै सचेत रहन आग्रह गरेका छन् ।

कमेन्ट्स
Loading...