सुचना, समाचार र मनोरन्जन

प्रदेश १ को राजनीति : गुट र पार्टी बदलेकाहरू मन्त्री बन्दै

मुख्यमन्त्री शेरधन राईले गरे मन्त्रिपरिषद विस्तार

  •  
  •  
  •  
  •  

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री राईलाई साथ दिने एमाले र माओवादीका नेताहरूले मन्त्री पद पाउने निश्चित भएको हो ।

नवनियुक्त मन्त्रीहरुको सपथ शुक्रबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ । सपथग्रहण दिउँसो १ बजे हुने मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । मन्त्रिपरिषदमा माओवादी छाडेर एमाले प्रवेश गरेका टंक आङबुहाङ, माधव नेपाल समूह त्यागेर ओलीमा प्रवेश गरेका उषाकला राई लगायतले मन्त्री पद पाउने निश्चित भएको हो। यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानालाई मन्त्री बनाइएको छ ।

एमालेबाट सांसद बनेका उनी माधवकुमार नेपाल समूह निकट थिए । नेकपा विवादपछि प्रचण्ड-नेपाल समूहका मन्त्रीहरूले राजिनामा दिएपछि पाँच सदस्यीय रहेको प्रदेश मन्त्रीपरिषदमा चार जना थप गर्ने तयारी भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर नाम फिर्ता लिएकी उदयपुरकी सांसद् कला घले र नेपाल समूह छाडेर ओलीतिर लागेका मोरङका राजकुमार ओझालाई राज्यमन्त्री जिम्मेवारी दिइएको छ ।

कमेन्ट्स
Loading...