कास्की /
गोरु काटेको अभियोगमा माछापुच्छ्रे गाउँपालिका-६ हेम्जाकोट बस्ने ४९ वर्षीय चन्द्र नेपाली र सोही ठाउँ बस्ने ४९ वर्षीय कृष्ण नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रले आफ्नै घरमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धम्पुसबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
