सुचना, समाचार र मनोरन्जन

मौसम पूर्वानुमान : मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै, आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

त्यसैगरी, आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कमेन्ट्स
Loading...