सुचना, समाचार र मनोरन्जन

स्वास्थ्य सतर्कता अपनाएर मात्र होली पर्व खेल्न आग्रह

मुख्यमन्त्री लालबाबु राउतले एक वर्षदेखि नै विश्वलाई नै अक्रान्त बनाएको कोरोना महामारीको जोखिम पुनः बढ्दै गइरहेको हुँदा त्यसलाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कता अपनाई मात्र होली पर्व मनाउन आग्रहसमेत गर्नुभएको छ ।

हिन्दूहरुको महान् पर्व होलीको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा मुख्यमन्त्री राउतले सम्पूर्ण हिन्दू धर्मावलम्बीका साथै प्रदेश नं २ का जनसमुदायको सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोतर प्रगतिको मङ्गलमय शुभकामना प्रकट गर्नुभएको छ ।

उहाँले जनकपुरधामको ऐतिहासिक तथा सांस्कृतिक धरोहर मिथिलामध्ये परिक्रमामा सहभागी हुनुभएका सम्पूर्ण साधुसन्त एवं धर्मानुरागीमा पनि होली पर्वको शुभकामना व्यक्त गर्नुभएको हो ।

कमेन्ट्स
Loading...