सुचना, समाचार र मनोरन्जन

खुदी खोलामा मोटरेवल पुल बन्छ: सांसद कोइराला

पोखरा /

 पोखरा महानगरपालिका वडानं ३० र ३२ जोडने सात मुहाने खुदी खोलामा मोटरेवल पुल निर्माण हुने भएको छ ।

कास्की क्षेत्रनं १ का प्रदेश सांसद दीपक कोइरालाले शनिबार स्थलगत अवलोकनसंगै दुवै वडाका जनप्रतिनिधि र स्थानीयहरु संगको छलफलपछि कोइरालाले उक्त कुरा बताउनु भएको हो ।अर्थ तथा विकास समितिका सभापति समेत रहनु भएका सांसद कोइरालाले महानगर, प्रदेश सरकार विच आफुले छलफल गरेर खुदी खोलामा पुल निर्माण जसरीपनि गर्ने प्रतिवद्धत्ता जनाउनु भयो ।

दुवै वडाका स्थानीयले राखेका भनाईहरु आ आफ्नो ठाउँबाट ठिक देखिएपनि खुदी खोलामा दुईवटा पुल निर्माण नगरे सम्म समस्या समाधान नहुने उहाँको भनाई थियो ।वडानं ३२का वडाध्यक्ष अक्कल बहादुर कार्कीले प्रदेश सांसद, वडाका जनप्रतिनिधि र स्थानीय विच भएको छलफलले समस्याको समाधान दिने बताउनु भयो ।

वडानं ३०का जनप्रतिनिधि सोमलाल कंडेल,चोला बराल,३२का विष्णु तिवारी ३२का उपभोक्ता अर्जुन मल्ल,जेवी घले,३०का उपभोक्ता कृष्ण पौडेल लगायतले पुल निर्माण नहुदा स्थानीयलाई र रुपा बाट शव ल्याउन समेत समस्या परेको बताउनु भएको थियो । विकासको लागि आफुहरु बाधक नभए तर जहाँ बढी समस्या हो त्यहीबाट विकास शुरु हुनुपर्ने अर्जुन मल्ल र जेवी घलेको भनाई थियो भने कृष्ण पौडेलले डिपिआर पनि भइसकेकोले वडानं ३०मा पर्ने कजवेमै पुल निर्माण हुनुपर्नेमा जोड दिनुभएको थियो ।

यस बर्षको बर्षाको कारण पहिरोले मोटरबाटो बगाएसंगै र बाढीले खुदी खोलाको कजवे बगाएपछि अहिले सात मुहाने र माथिल्लो गगनगौडा आवतजावतको लागि खुदी खोला छेउमा ब्यक्तिको पल्लटिङ गरेको जग्गा प्रयोग गरेर घुमारोबाटो हिड्न बाध्य भएका छन् । खुदीखोला बस्तीका बासिन्दा आवजावतमा समेत निकै कष्ठ वेहोर्न बाध्य भएका छन् ।

पोखरा महानगरले वडानं ३०मा रहेको कजवेमा मोटरेवलपुल निर्माण गर्ने बताएपछि वडानं ३२का स्थानीय आक्रोसित भएका छन् । प्राथामिकताको आधारमा विकास निर्माण हुनुपर्नेमा वडा छुट्टाएर विकास गर्न लागेको भन्दै स्थानीयले आक्रोश पोखेका हुन । वडानं ३०का जनप्रतिनिधिले भने अहिले योजना नभएर २०७५–०७६कै रातो कितावमा परेको बजेट कोरोनाको कारण यस बर्ष काम शुरुहुन थालेको जनाएका छन् ।आजको छलफलमा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

कमेन्ट्स
Loading...