काठमाडौँ /
राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमाले आपसी मेलमिलाप ,सद्भाव र भावनाको सन्देश दिने बताएकी छन् ।
फागुपूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, आरोग्य एवम् समृद्धिका कामना गर्दै राष्ट्रिपति भण्डारीले होलीले आत्मियता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताएकी हुन् । राष्ट्रपति भण्डारीले कोरोनाबाट बच्न स्वास्थ्य सावधानीका उपाय अपनाएर होली मनाउन आह्वान गरेकी छन् ।
अहिले पनि कोरोना भइरस कोभिड १९ महामारी टरिनसकेको भन्दै राष्ट्रपति भण्डारीले पूर्व सावधानीका उपाय अवलम्बन गर्न आग्रह गरेकी हुन् ।साथै यसै पर्वका अवसरमा राष्ट्रपति भण्डारीले सुसंस्कृत र न्यायपूर्ण समाज निर्माणको कामनासमेत गरेकी छन् ।
उनले होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय अवश्यम्भावी हुने सन्देश प्रवाह गर्ने र लोक संस्कृतिको प्रवर्द्धन गर्न उत्प्रेरण प्रदान गर्ने सन्देशमा उल्लेख गरेकी छन् ।
