सुचना, समाचार र मनोरन्जन

इन्डोनेसियाको चर्चमा आत्मघाती हमला, १० जना घाइते

  •  
  •  
  •  
  •  

जकार्ता /

इन्डोनेसियाको माकासारस्थित एक क्याथोलिक चर्चमा आइतबार आत्मघाती हमला भएको छ।

इस्टरको पहिलो दिन आइतबार एक जना आत्मघातीले बिहान सवा १० बजेतिर प्रार्थनाबाट फर्किएका मानिसहरूलाई लक्षित गरी हमला गरेका हुन्। हमलामा परी कम्तिमा १० जना घाइते भएका छन्।

प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार घटनास्थलमा शरीरका केही भागहरू देखिएका छन्। यी अंग आक्रमणकारीका हुन् कि अरूका हुन् भन्ने एकिन भइसकेको छैन।

आक्रमणकारी मोटरसाइकलमा चर्चमा आएका थिए र चर्चभित्र पस्न खोजेका थिए। अहिलेसम्म दुर्घटनाको जिम्मा कुनै समूहले लिएको छैन। प्रहरीले पनि कसैलाई पक्राउ गरेको छैन।

कमेन्ट्स
Loading...