सुचना, समाचार र मनोरन्जन

टी–२० विश्व कप छनोटका खेल आजदेखि, नेपालले सिङ्गापुरसँग खेल्दै

काठमाडौँ/

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटका खेल आजदेखि हुँदैछन् । नेपालले पहिलो खेलमा आज सिङ्गापुरसँग खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे हुनेछ ।

यस्तै, दोस्रो खेलमा नेपालले भोलि मलेसिया र १६ गते बिहीवार ओमानसँग खेल्नेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी–२० विश्वकपमा छनोट हुनु नै आफूहरूको एकमात्र लक्ष्य रहेको बताएका छन् ।

नेपाल रहेको समूह ुएु मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ुबीु मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्व कप खेल्न पाउने छन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्ने छ ।

Leave A Reply

Your email address will not be published.