सुचना, समाचार र मनोरन्जन

सरकारले जनतालाई शक्तिशाली बनाउन नसकेको : गगनकुमार थापा

सुदूरपश्चिम /

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले देखिने गरी परिणाम र परिवर्तन खोजेका जनताको अपेक्षालाई अहिलेको सरकारले पूरा गर्न नसकेको अरोप लगाएका छन् ।

धनगढीमा भएको कांग्रेसको विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै सो पार्टीका केन्द्रीय सदस्य एवं सङ्घीय सांसद थापाले सच्चिएर काम गर्न पटक पटक गरिएको आग्रहलाई बेवास्ता गरिएको आरोप लगाए ।

सरकारलाई सही बाटामा हिँडाउन कांग्रेस सडकमा आएको बताउँदै उनले भने, “यो सरकार शक्तिशाली छ तर जनतालाई शक्तिशाली बनाउने काम गर्न सकेको छैन ।”

सभामा पूर्वमन्त्री एवं काङ्ग्रेसका नेता रामजनम चौधरी र नेपाल महिला सङ्घका केन्द्रीय सदस्य एवं धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्रले पनि समसामयिक राजनीतिका विषयमा बोल्नुभएको थियो । यसअघि स्थानीय ट्राफिक चोकबाट निस्केको विरोध ¥याली पार्कमोडमा पुगेर सभामा परिणत भएको थियो ।

कमेन्ट्स
Loading...