सुचना, समाचार र मनोरन्जन

पोखरामा हुने “दोश्रो राष्ट्रिय रिङ रेस्लिङ च्च्याम्पियनशिप २०२१” को तयारी पुरा [ हेर्नुहोस् तस्बिरमा ]

पोखरा रंगशालाको वहुउद्धेस्यिय कभर्ड हलमा प्रतियोगिता आयोजना हुने

पोखरा /

 नेपाल रिङ रेस्लिङ संघको आयोजनामा यहि चैत २० गते पोखरामा हुने “दोश्रो राष्ट्रिय रिङ रेस्लिङ च्च्याम्पियनशिप २०२१” को तयारी पुरा भएको छ ।

पोखरा रंगशालाको वहुउद्धेस्यिय कभर्ड हलमा आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक नेपाल रिङ रेस्लिङ संघले पत्रकार सम्मेलन गरि जनाकारी दिएको हो । आफैमा सुन्दर नगरी मात्रै होइन पोखरा खेलकूदको हव पनि हो त्यसैले हामीले यो प्रतियोगिता पोखरामा आयोजना गरेका हौ नेपाल रिङ रेस्लिङ संघका माहासचिव सुवर्ण श्रेष्ठले बताइन ।

यसका साथै दर्शकलाई थप मनोरञ्जन दिन नेपालका चर्चित हास्य कलाकार सन्दिप क्षेत्रीको विशेष प्रस्तुती रहने  ।

चैत्र २० र २१ गते पोखरामा हुने प्रतियोगिताले पोखरामा रिङ रेस्लिङ खेलको विकास र विस्तारमा समेत सहयोग पुग्ने भन्दै उनले सवै खेलाडीलाई जितको शुभकामना व्यक्त गर्दै सबैले सहयोग गरिदिन पनि आग्रह गरिन । उनीहरुले ३ वटा वेट क्याटोगरीमा प्रतिष्पर्धा गर्ने भएको संघकी महासचिव श्रेष्ठले जानकारी दिएकी छन ।

प्रतियोगितामा नुवाकोटे टाइगर, थागु, द यूव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर, योगी, जोन लगायत महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद रु १ लाख सहित च्याम्पियन बेल्ट र दोश्रो हुनेले नगद रु ५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै प्रतियोगितामा करिब २९ लाख खर्च हुने आयोजकले जनाएको छ ।

यसका साथै दर्शकलाई थप मनोरञ्जन दिन नेपालका चर्चित हास्य कलाकार सन्दिप क्षेत्रीको विशेष प्रस्तुती रहने आयोजकले बताएको छ ।

 

कमेन्ट्स
Loading...