काठमाडौं /
राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ गरेकी छन् ।
काठमाडौंको भृकुटीमण्डपमा निर्माण गरेको धारा खोलेर राष्ट्रपति भण्डारीले उक्त आयोजना उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहेको छ। काठमाडौँका घरघरमा केही दिन अघिदेखि नै मेलम्चीको पानीको परीक्षणको रुपमा पठाउन सुरु गरिसकिएको छ ।
भृकुटीमण्डपमा मेलम्चीबाट आएको पानी २४ सैं घण्टा वितरण हुने गरी धारा बनाइएको छ। सार्वजनिक उपभोगका लागि यहाँ सधैं पानी छाडिने बताइएको छ ।