सुचना, समाचार र मनोरन्जन

सहारालाई हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश

सहारा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगेको हो

पोखरा /

 विभागीय टिम एपीएफ क्लब १९ औ संस्करण औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शनिबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई १-० गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगेको हो । खेलको ८७ औ मिनेटमा आशिष लामाले गोल गर्दै जित दिलाए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको पाँचौ मिनेटमा एपिएफका बुद्धिमान राइको क्रस पासमा प्रभिन साङतनले हेडर सहाराका गोलरक्षक दिप कार्कीले बचाउ गरे । प्रदिप लामाको पासमा डिबक्स भित्रबाट आशिषले उत्कृष्ट लेफ्ट फुटेट गोल गरेका थिए । सहिद स्मारक ‘ए’ डिभिजन लिगका सर्वाधिक गोलकर्ता आशिषको प्रहार सहाराका गोलकिपर दीप कार्कीले ठम्याउन सकेनन् ।

आशिष खेलको म्यान अफ दि म्याच समेत चुनिए । आइतबार मछिन्द्र र एआरएबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ सुर्यबहादुर के. सी. मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर , मिडफिल्डर, वेष्ट स्ट्राइकर र प्रशिक्षक अवार्ड रहेका छन् । सबैले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख १ हजार र दोस्रो टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कमेन्ट्स
Loading...