सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्रीले गरे १ सय ६५ वटा सडकको शिलान्यास, कस्ता सडक छानिए, छनौटको आधार [हेनुहोस् तस्बिरमा]

प्रधानमन्त्री केपीशर्मा ओलीले आज एकै दिन देशका सबै १ सय ६५ निर्वाचन क्षेत्रमा रणनीतिकमहत्वका सडकनिर्माणको शुभारम्भ गरेका छन् । आगामीतीनवर्ष भित्र सम्पन्नहुने यो योजना नेपालमा सडकसञ्जालनिर्माणको कोसेढुंगाहुनेछ ।

शुभारम्भ पछिकार्यक्रमलाई सम्बोधनगर्दै प्रधानमन्त्री केपीशर्मा ओलीले सबै निर्वाचन क्षेत्रमातीनवर्ष भित्र सडक सञ्जाल पुर्याउने कार्य पुर्वाधार विकासको क्षेत्रकै महत्वपूर्ण कार्यक्रमभएको बताए । निर्धारित समय भित्रै निर्माणसम्पन्नहुने गरी कार्य गर्न पनिप्रधानमन्त्रीले सम्बद्धनिकायलाई निर्देशन दिए । योजनाअन्तर्गत देशभर गरी कुलदुइहजार दुई सय १० किलो मिटर सडकनिर्माण हुनेछ ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले एक सय ६५ वटै सडकहहरु गुणस्तरमा सम्झौतानगरी सम्पन्नगर्नुपर्ने बताए । यसको रेखदेख गरौं, काममाडिस्टर्ब नगरौ, उहाँले सम्बद्धनिकायलाई निर्देशन दिए । यसका साथैप्रधानमन्त्रीआफ्नो नेतृत्वमा सरकार गठनभएदेखि (२०७४ फागुनदेखि २०७७फागुनेसम्ममा देशभरकालोपत्र र स्तरोन्नतिगरीतीनहजार ५१२ किलोमिटर सडकनिर्माणभएको जानकारी समेत दिए ।

उहाँकाअनुसार ५ सय २८ वटापुल (झोलुङ्गेबाहेक)निर्माणभएकाछन् । कार्यक्रममायातायाततथाभौतिकपूर्वाधारमन्त्रीवसन्त नेम्बाङले तीनवर्षमातीनहजार ५ सय १२ किलोमिटर ६ लेनका सडकनिर्माणभइरहेको जानकारी दिए । यस्तै तीनहजार ३००किलोमिटर ग्राभेल सडक, एक हजार ६ सय ८६ किलोमिटर नयाँ ट्र्याकका सडकपनिनिर्माणकाक्रममा रहेको उनले जानकारी गराए ।

.कस्ता सडक छानिए
आर्थिक सामाजिक विकास, कृषितथा औद्योगिक विकासमा टेवादिने ।
राष्ट्रिय राजमार्गमा जोडिएर सडक सञ्जालको क्षमता वृद्धिगर्ने ।
अन्तर्राष्ट्रिय सिमानासँग जोडिएका सडक ।
उत्तर दक्षिण सडक सञ्जालसँग जोडिने ।
जिल्लाको एक निर्वाचन क्षेत्रलाई अर्को निर्वाचन क्षेत्रमा जोड्ने ।
निर्वाचन क्षेत्रबाट सदरमुकामजोड्ने ।

.छनौटको आधार
स्थानीय र प्रदेश सरकारका योजनासँगजोडिनु नहुने ।
विस्तृत अध्ययनप्रतिवेदन –डिपिआर) र वातावरणीय प्रभावमुल्यांकनभएको ।
अधुरो नरहीतीनवर्षभित्रै पूरा हुने सडक ।
न्यूनवातावरणीयर सामाजिक प्रभावहुने सडक ।
नेपाल सरकारले अधिकरण आदिकाकारण थपआर्थिक भार नपर्ने ।

कमेन्ट्स
Loading...