सुचना, समाचार र मनोरन्जन

जलवायु परिवर्तनले हिमालमा पारेको असरबारे छलफल गर्न विज्ञहरू काठमाडौँमा

काठमाडौँ/

जलवायु परिवर्तनका कारण हिमालमा परेको असरलाई न्यूनीकरण गर्न १८ भन्दा बढी देशका विज्ञहरूको सम्मेलन सुरु भएको छ ।

मंगलवारबाट काठमाडौँमा सम्मेलन सुरु भएको हो । युनियन अफ एसियन अल्पान एशोसिएशनको आयोजनामा आज एक दिने सम्मेलन सुरु भएको हो । सम्मेलनमा हिमाललाई कसरी प्रवर्द्धन गर्ने, कसरी बचाउने र हिमालेका सुरक्षा र जलवायु परिवर्तनका कारण परेको असरलाई कसरी न्यूनीकरण गर्ने भन्नेबारेमा छलफल र समाधानबारे सम्बोधन हुने नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले बताए ।

उनले सम्मेलनमा चाइनाको सिटएमए, सिएमए लगायत अन्य १८ देशका प्रतिनिधिले सहभागिता जनाएको बताए । उनले सम्मेलनमा युआइएका अध्यक्षको समेत सहभागिता रहेको बताए ।

Leave A Reply

Your email address will not be published.