सुचना, समाचार र मनोरन्जन

मदनकृष्ण र वियोन्सेले युगल गीत गाउने

काठमाडौँ /

कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले र अफ्रिकन गायिका वियोन्से फ्यामासीले एकसाथ गीत गाउने भएका छन् । मदनकृष्णले फेसबुकमा स्टाटस लेख्दै आफू र वियोन्सेले युगल गीत गाउन लागेको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘वियोन्से र म मिलेर एउटा युगल गीत गाउने तरखरमा छौँ । वियोन्सेको तरुनी स्वरसँग मेरो बुढो स्वर मेल खाला कि नखाला खैँ !’

यस वर्षको सर्वाधिक चर्चामा रहेको गीत ‘फूलबुट्टे सारी’ विभिन्न भर्सनमा तयार भए । जसमा मदनकृष्णले लिजेन्ड्री भर्सनमा स्वर भरे । उनको भर्सनलाई पनि धेरैको माया मिल्यो ।

सोही फूलबुट्टे सारीलाई वियोन्सेले पनि गाइन् । उनको स्वरमा पनि फूलबुट्टे सारी हिट भयो ।

वियोन्सेले गाएको सुनेपछि मदनकृष्णले वियोन्सेलाई भेट्ने इच्छा राखे । मदनकृष्णको फ्यान बताउने वियोन्से मदनकृष्णलाई भेट्न पुगिन् । भेटमा दुबैले एक-अर्काको तारिख गरेका थिए ।

कमेन्ट्स
Loading...